नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाएको छ ।
सोमबार बोर्डका अध्यक्ष तथा पर्यटनसचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सीईओ रेग्मीमाथि नैतिक प्रश्नदेखि आर्थिक अनियमिततामा मुछिएको निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनअनुसार वर्ल्ड टूरिजम मार्टमा सहभागी भएर फर्कंदा त्रिभुवन विमानस्थलमा झगडा गरी जरिवाना समेत तिरेका कारण उनको कसुर पुष्टि भएको घटनालाई नैतिक प्रश्नका रुपमा लिइएको छ ।
उनको साथमा रहेका रहेका रक्सीको बातल कानूनले तोकेभन्दा बढी रहेको विषयमा समेत प्रश्न उठाइएको छ ।
यसका साथै २०७४ सालमा सुनको अवैध ओसारपसारमा कारवाही भोगेको घटना लुकाएर बोर्डलाई गुमराहमा राखेको समेत देखिएको छ । यसलाई उनको नैतिक प्रश्नसँग जोडेर प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्